CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
पोखरा – फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रियसभा सदस्यका लागि गण्डकीमा पनि आज मतदान हुँदैछ । ३ सिटका लागि २० पुसमा नै मनोनयन दर्ता भइसकेको छ ।
सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुँदैछ । कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र एकीकृत समाजवादी एकातिर छन् भने एमाले अर्कोतिर छ ।
गण्डकीमा राप्रपाले भने मतदान नगर्ने जनाएको छ । राप्रपाले प्रदेश १ बाहेकमा मतदान नगर्ने निर्णय गरेकाे थियाे । यद्यपि राप्रपाभित्र मतभेद कायम छ ।
दुई उपमेयर जितेको राप्रपाबाट बागलुङका उपमेयरले मतदान नगर्ने भनेका छन् भने बेनीकी उपमेयर मतदानका लागि पोखरा आइसकेकी छिन् । यहाँ ६ जनाको मनोनयन दर्ता भएको छ । गठबन्धनबाट ३ र एमालेका ३ उम्मेदवारले नाम दर्ता गराएका हुन् ।
गठबन्धनको तर्फबाट महिलामा कांग्रेस नेतृ कमला पन्त, दलितमा भुवन सुनार र खुलामा सुरेश आलेमगरले उम्मेदवारी दिएका छन् । एमालेबाट खुलामा पुण्य पौडेल, महिलामा लिला थनेत र दलितमा अर्जुनकुमार सुनामले मनोनयन दर्ता गराएका छन् ।
दिउँसो ३ बजेसम्म मतदान हुनेछ । गण्डकीमा २ सय २९ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने छन् ।
सांसदको मतभार ४८ छ भने पालिकाका जनप्रतिनिधिको १८ मतभार रहनेछ । जनप्रतिनिधि र सांसदको हिसाव गर्दा गठबन्धनभन्दा एमाले ७ सय ४ मतभारले पछाडी छ । २७ सांसद रहेका एमालेको मतभार १ हजार २ सय ९६ हुन्छ ।
१५ सांसद रहेको कांग्रेससँग ७ सय २०, १२ जना सांसद रहेको माओवादी सँग ५ सय ७६ मतभार छ भने जनमोर्चा र जनता समाजवादीसँग ९६/९६ मतभार छ । स्थानीय तहतर्फ कांग्रेसका ८३ जनप्रतिनिधि छन् ।
उनीहरुको मतभार १ हजार ४ सय १८ हुन्छ । ६९ जना एमाले जनप्रतिनिधिको मतभार १ हजार २ सय ४२ छ भने १२ जना जनप्रतिनिधि रहेका माओवादीको मतभार २ सय १६ छ । यहाँ जनमोर्चाको ३ जनप्रतिनिधि र राप्रपाका २ जनप्रतिनिधि छन् ।
मतभार हिसाव गर्दा जनमोर्चाको ५४ र राप्रपाको ३६ हुन्छ । समग्रमा एमाले एक्लैसँग २ हजार ५ सय ३८ मतभार छ । कांग्रेससँग २ हजार १ सय ३८, माओवादीसँग ७ सय ९२ मतभार छ ।
जनमोर्चासँग १ सय ५०, जनता समाजवादीसँग ९६ र राप्रपासँग ३६ मतभार छ । स्वतन्त्र सांसद राजिव गुरुङ गठबन्धन सरकारको मन्त्री छन् । उनले गठबन्धनमै मतदान गर्ने दावी गठबन्धनका नेताको छ ।
यद्यपी उनले आफ्नो धारणा राखेका छैनन् । स्थानीय तह र प्रदेशसभाका सांसदहरु पार्टीबाट निर्वाचित हुने भएकोले फरक पर्ने खालको नतिजा खासै आउँदैन ।
गण्डकीमा माओवादीबाट निर्वाचित सांसद दिनानाथ शर्मा र खिमबहादुर विक तथा तत्कालीन एमाले (हाल एकीकृत समाजवादी) बाट निर्वाचित शान्तिकुमारी अधिकारीको अवधि सकिएको छ । सबै जनप्रतिनिधि र सांसदहरु मतदानका लागि पोखवहिष्कार तर बेनीकी उपमेयर भाेट हाल्न पाेखरा