CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं । लुम्बिनी प्रदेशमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
गठबन्धनका तर्फबाट काँग्रेसका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन् ।
गठबन्धनका उम्मेदवारहरुले नेकपा एमालेबाट उम्मेदवार बनेका रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारलाई पराजित गरेका छन् ।
बुधबार विहान ९ बजे दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सम्पन्न भएको मतदानमा प्रदेशसभा सदस्यतर्फ ८१ र स्थानीय तहतर्फ २१३ प्रमुख र उपप्रमुखले मतदान गरेका थिए ।
राष्ट्रिय सभा चुनावमा २ हजार ७ सय मत खस्याे, केही प्रदेशमा गणना सुरु : काठमाण्डाै – राष्ट्रिय सभा सदस्यको १९ रिक्त पदका लागि आज बुधवार भएको मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार चुनावमा दुई हजार सात मत खसेको छ । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान भएको हो । चुनाव सकिएलगत्तै कतिपय प्रदेशमा मत गणनासमेत सुरु भएको छ ।
आउँदाे फागुन २० गते नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि चुनाव भएको हो । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै चुनाव गर्नुपर्ने प्रावधान छ ।
कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार चुनाव प्रतिस्पर्धामा छन् ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।