माधव नेपालको घोषणा ‘राष्ट्रियसभाका १९ वटै सिट गठबन्धनले जित्छौं’

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको आज भइरहेको चुनावमा गठबन्धनले सबै सिट जित्ने दाबी गरेका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा पार्टी प्रवेश गरेकाहरूलाई स्वागत गर्दै नेपालले यस्तो दाबी गरेका हुन ।

राष्ट्रियसभाको चुनावको परिणामले अन्य चुनावमा पनि तरंग पैदा गर्ने उनले बताए । उनले भने, ‘सबै ठाउँमा हामी जित्छौं । त्यसले पनि एउटा तरंग पैदा गर्नेछ ।’

संविधानलाई सर्वोपरी राखेर कानूनअनुसार नै चुनाव हुनुपर्छ भन्ने आफूहरूको भनाइ रहेको बताउँदै उनले सबै चुनाव एकैपटक गर्नसक्दा राम्रो हुनेमा जोड दिए ।

‘एउटा चुनाव गराउन ५ अर्ब खर्च हुन्छ,’ नेपालको भनाइ छ, ‘तीनवटा चुनाव गराउन २० अर्ब खर्च हुन्छ । एकैपटक गर्दा यो खर्च जोगिन्छ । उम्मेदवारको पनि पैसा जोगिन्छ ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !