मन्त्रि रेणु यादव जेल जादैछिन ? कति बर्ष हुन्छ सजाए ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समानिर्चावाचन र र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । व्यक्ति ह-त्या गर्ने हिं’सात्मक अभिव्यक्ति दिएर विवादमा तानिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव जे’ल जाने देखिएको छ ।

जिम्मेवार पदमा बसेर अ’प’राध गर्ने ध’म्की दिएकी मन्त्री यादवले त्यसको आलोचना भएपछि विवादलाई डाईभर्ट गर्न खोज्दा अर्को अपराध गरेकी छन् । अर्थात आफ्नै पद र सपथविरुद्ध उनले कसुर गरेकी हुन् ।

आफ्नो अभिव्यक्ति आफैलाई महंगो सावित भएपछि मन्त्री यादवले सोमबार विज्ञप्ति जारी गरेर सफाई दिइन् । आफू विवादबाट बच्न उनले विज्ञप्तिमार्फत सफेद झुट बोलिन् ।

‘मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दुराशयपूर्ण मानसिकताबाट नभइ आपसी मुठभेड नगर्न वा हुन नदिन भनेकी हुँ,’ उनले विज्ञप्तिमा दाबी गरेकी छन् ।

तर उनले बोलेको भिडियो हेर्ने हो रौतहटको गौरमा २७ जना माओवादी कार्यकर्ताको ह-त्या गरेजस्तै घटना दोहोर्याएर सीके राउतलाई मा-र्ने ध’म्की दिएकी छन् । सीके राउतका कार्यकर्ताले आफूलाई कालोझण्डा देखाएको आक्रोशमा पदीय मर्यादा ख्याल नगरी मन्त्री यादव ह-त्या गर्ने चेतावनी दिएर गु’ण्डागर्दीमा उत्रिएकी थिइन् ।

‘गौरमा भाटा चलाउने प्रयास नगरियोस् । यहाँ ला’ठी भा’टा नचाउन आउँछ । यो ला’ठी चलाएपछि तपाईंको लाठीको त्यही टुक्रा(टुक्रा पारेर तपाईंकै हातमा राखेर घरमा लगी थन्काइ दिइनेछ ।

यदि तुफानसँग टक्रायौ भने तपाईंको त्यही हालत हुन्छ जो गौरको राइस मिलमा भयो । त्यो इतिहासलाई नभुल्नुस् । म डाक्टर साहेबलाई यतैबाट भन्छु कोही एक बिरामी मरिहाल्छन् । र तपाईंलाई घेराबन्दी पारेर मा;रिदिन्छन्,’ मन्त्री यादवले डा सीके राउतलाई चेतावनी दिँदै भनेकी थिइन् ।

तर विज्ञप्तिमा भने उनले आफ्नो अभिव्यक्ति कसैप्रति लक्षित नभएको भनेर दिउँसै रात पार्नेगरी झुट बोलेकी छन् । उनको अभिव्यक्ति हिं’सात्मक गतिविधि गर भनेर उकास्ने खालको थियो । यसरी मन्त्री यादवको झुट नै उनलाई जेलसम्म पुर्याउन सक्ने अपराध कानुनका जानकार बताउँछन् ।

उनको अभिव्यक्तिको प्रमाण र विज्ञप्ति लगेर अदालतमा मुद्दा परे मुलुकी अपराध संहिता २०७४ को दफा ८१ आकर्षित भई मन्त्री यादवको पद त जाने नै छ, साथै २ वर्ष जेल र २० हजार जरिवानासम्मको सजाय हुनेछ ।

दफा ८१ मा कानूनबमोजिम सपथ लिइ सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो हैसियतमा झूटो बोल्न नपाइने र जानाजान भ्रम छर्ने गरी बोलेमा दुई वर्षसम्म कैद वा २० हजार रूपैयासम्म जरिवाना तथा दुवै सजाय हुने उल्लेख छ ।

यही प्रावधानअनुसार सीके राउतका कार्यकर्ता कानुनी उपचारमा जाने तयारीमा लागेका हुन् । उनीहरु प्रमाणसहित अदालतमा मुद्दा दायर गर्ने निष्कर्षमा पुगेका छन् । जसले रेणुको बर्खास्तीसँगै कैद सजायको सम्भावना बढाएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !