देवी ज्ञवाली भन्छन ‘माधव नेपालले वाचा पूरा गर्न राजनीतिबाट संन्यास लिनुपर्छ’

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समानिर्चावाचन र र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । राष्ट्रिय सभामा सबै सिट नजिते राजनीतिबाट शन्यास लिन्छु भन्ने वचन पूरा गर्न एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाललाई एमाले नेता देवी ज्ञवालीले अनुरोध गरेका छन् ।

उनले फेसबुक मार्फत एमालेले गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रदेश १ मा विजयी भएको भन्दै सो कुरा बताएका हुन् ।

उनले लेखेका छन्-,राष्ट्रिय सभा निर्वाचनमा सम्पूर्ण सिट गठबन्धनले नजिते राजनीतिबाटै सन्यास लिने घोषणा गर्नुभएको थियो । अब वचनको पक्का माधव नेपालले आफ्नो वचन कहिले पूरा गर्नुहुन्छ होला ?

भूमि आयोगले चितवनमा लालपूर्जा वितरणको प्रक्रिया सुरु गर्दै: चितवन । राष्ट्रिय भूमि आयोग चितवनले यही माघ १८ गतेबाट लालपूर्जा वितरणको प्रक्रिया सुरु गर्ने भएको छ ।

आयोगले गत साता जिल्लाका माओवादी पार्टीका नेता बद्री तिमिल्सिनालाई अध्यक्ष बनाएसँगै काम अघि बढाउन लागिएको हो । आयोगले भरतपुर महानगरपालिका–१४ सहित ६ वटा वडाबाट काम सुरु गर्न लागेको हो ।

सबै वडामा ६ जनाका दरले प्राविधिकसहित आवश्यक जनशक्ति परिचालन हुने अध्यक्ष तिमिल्सिनाको भनाइ छ । स्थानीय निकाय र सरोकारवालाको उपस्थितिमा सेटेलाइटसहितका आवश्यक प्रविधि जुटाएर कामलाई तीव्रता दिइने उहाँले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिकामा मात्र १० हजार २९ जना दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् ।

महानगरबाट काम थालेसँगै कालिका नगरपालिका र माडी नगरपालिकाले सरकारसँग सम्झौता गरिसकेकाले ती पालिकामा पनि तत्काल काम अघि बढ्ने उहाँले बताउनुभयो । काम सुरु गर्नुअघि सम्बन्धित वडामा सहजीकरण समितिमार्फत सार्वजनिक सुनुवाइसमेत गर्ने तिमिल्सिनाले बताउनुभयो ।

तत्कालीन जिल्ला विकास समितिका उपसभापतिसमेत भइसक्नु भएका तिमिल्सिनाले आफूलाई जिल्लाको सबै भूगोल र अवथाको बारेमा जानकारी भएकाले वास्तविक भूमिहीनलाई जग्गा दिलाएरै छाड्ने दाबी गर्नुभयो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !