CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – नेपाली काँग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू गठबन्धन तोड्न तयार रहेको प्रस्ताव एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा लगायतका दलहरुसँग भइरहेको गठबन्धन अन्त्य गरेर एमालेसँग सहकार्य गर्ने तयार रहेको प्रस्ताव पठाएका हुन् ।

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग अहिलेको गठबन्धनबाट आफु वाक्क भएको भन्दै गठबन्धन तोड्न तयार रहेको ओलीसँग बताएको दाबी गरिएको छ ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले देउवाले ओली समक्ष गठबन्धन तोड्न आफु तयार रहेको बताएको खुलासा गरेका छन् ।

एक टेलिभिजन अन्तर्वाताका क्रममा एमाले प्रमुख सचेतक भट्टराईले देउवाले ओली सँगको भेटमा आफुले अहिलेको गठबन्धन तोड्ने र एमालेलाई सरकारमा आउँन अनुरोध गरेको बताएका छन् ।

प्रचण्ड र माधव नेपाल जस्ता अस्थिर शक्ति सँग काम गर्न निकै गारो भएको देउवाले बताएको भट्टराईले भनेका छन् ।

‘यस्तो अस्थिर शक्ति सँग काम गर्न धेरै गारो भयो ,तपाईले धन्न ३ बर्ष कसरी सरकार चलाउँनु भएछ एमालेले मलाई एक पटक साथ देओस् तपाईहरु सरकारमा आउँनुस् मिलेर काम गरौँ एमसीसी पनि पास गरौँ म प्रचण्ड माधव नेपालहरु सँग गठबन्धन भत्काउँन तयार छु’ ।

यहि वचन ओली सँग देउवाले भनेका थिए । भट्टराईले भनेका छन् । के यो कुरा सत्य हो ? भन्ने प्रश्नमा भट्टराईले ‘म एमालेको प्रमुख सचेतक आधिकारिक मान्छे बोल्दै छु’ भन्ने जवाफ दिएका थिए ।

केहि समय अघि एमाले अध्यक्ष ओली निवासमा भएको देउवा र ओली विचको भेटवार्तामा भएका कुराकानी बारे भट्टराईले यस्तो खुलासा गरेका हुन् ।

देउवाको प्रस्तावमा ओलीले भने अहिले गठबन्धन भत्काएर सरकारमा जाने आफुलाई कुनै रुचि नभएको जवाफ दिएको उनले बताएका छन् ।

‘तपाई यहि गठबन्धन सँग काम गर्नुस मलाई गठबन्धन भत्काउँनु पनी छैन ,एमसीसी पास गर्नु पनि छैन ‘भनेर ओलीले जवाफ दिएको भट्टराईले बताएका छन् ।

एमालेका जिम्मेवार नेताले ओली र देउवा विच भएको भेटवार्ता बारे यस्तो खुलासा गरे पछि राजनितीक वृतमा तरंग गएको छ ।

प्रचण्ड र माधव नेपालसँग गठबन्धन नगर्न देउवालाई नेपाली काग्रेस पार्टी भित्रै बढिरहेको दबाव र देउवा स्वयंले ओलीलाई गरेको यस्तो प्रस्तावलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।