नेकपा विभाजन गराउने ऋषि कट्टेल पार्टीबाट निष्काशित !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्ककमल दाहाल (प्रचण्ड)को टाउकोमा प्रहार गर्दै नेकपा विभाजन गराउने ऋषि कट्टेल पार्टीबाट निष्काशित भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कट्टेललाई नेकपा कम्युनिस्टले पार्टीबाट निष्काशन गरेको हो । पार्टी हितविपरीतको गतिविधि गरेको आरोपमा उनलाई कारवाही गरिएको हो । साधारण सदस्य समेत नरहने गरी अध्यक्षलाई नै सो पार्टीले निष्काशनको घोषणा गरेको हो ।

कार्यबाहक अध्यक्ष लोकनारायण सुवेदीद्वारा हस्ताक्षरित पत्रमा कट्टेलले दलको हितविपरित काम गरेको र स्पष्टीकरण सोधिएकामा कुनै जवाफ प्राप्त नभएकाले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको उल्लेख छ ।

कट्टेलले नै नेकपाको नाममा दाबी गर्दै सर्वोच्चमा मुद्दा दिएका थिए । उनको मुद्दामा अदालतले फैसला गर्दा तत्कालीन नेकपा फुटेर एमाले र माओवादी केन्द्र कायम भएका थिए । नेकपा फुटेपछि प्रचण्डले आफ्नो टाउको मै प्रहार भएको अभिव्यक्ति दिएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद विघटन बदर गरेको अदालतले केहि दिनमा पार्टी एकता रद्द गरिदिएपछि उनले यस्तो अभिव्यक्ति दिएका थिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !