CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमान्डौ – पछिल्लो समय निकै महत्वपुर्ण निर्णय गरिरहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गुहेश्वरी क्षेत्रमा अतिक्रमण गरेर निर्माण भएका टहरा १५ दिनभित्र हटाउन निर्देशन दिए ।
आइतबार पशुपति क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री आलेले पशुपति क्षेत्रभित्र पर्ने गुहेश्वरीमा निर्माण गरिएको टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन् ।
अनुगमनका क्रममा मन्त्री आले पशुपति मन्दिर क्षेत्र, वनकाली, गुहेश्वरीलगायतका क्षेत्रमा पुगेका थिए । सो क्रममा उनले पशुपति क्षेत्र भित्र निकै विकृति देखिएको बताए ।
पशुपति बिकास कोषका यसअघिका पदाधिकारीहरुले मनोमानी ढंगले काम गरेको पाइएको भन्दै मन्त्री आलेले अब यसलाई सुधार गर्ने प्रतिबद्धता जनाए ।
उनले पशुपतिमा फूल, रुद्राक्ष विक्रीका लागि छुट्टै स्थान बनाएपनि धर्मालम्बीलाई अप्ठेरो हुनेगरि सडकमा नै फूलमाला विक्री गरिएको पाइएकोले यसलाई पनि व्यवस्थित गरिने बताए । उनले पशुपति क्षेत्रमा निःशूल्क गाई पालनका लागि स्थान दिइएको प्रतिपनि आपत्ति जनाए ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।