CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ पदाधिकारी मनोनित गरेका छन् ।
उनले हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष मनोनित गरेका उनले राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साहलाई महामन्त्री बनाएका छन् ।
त्यस्तै भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाललाई प्रवक्तामा मनोनित गरेका उनले प्रविनकुमार थोकर तामाङ, दिनेशकुमार साह, पूर्णबहादुर चन्दलाई सहायक प्रवक्ता मनोनित गरेका हुन् ।
यस्तै मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङलाई सहमहामन्त्री मनोनित भएका छन् ।
यस्तै सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दीपककुमार राईलाई मनोनित गरिएको लिङ्देनले विज्ञप्तिमार्फत जनाएका छन् । उनले विभिन्न विभागका प्रमुखसमेत तोकेका छन् ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।