चिनियाँ विदेश विभाग प्रमुखसँग प्रचण्डको वार्ता, के भयो कुराकानी ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्नैपर्ने बाध्यतामा आफू रहेको बताएका छन् ।

उनले एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनीसमेत दिएका छन् । शनिबार साँझ सत्तारुढ पाँच दलको बैठक राखेर स्थानीय निर्वाचनमा जेठमा गर्ने सहमति जुटाएका देउवाले लगतै एमसीसीबारे छलफल गरेका थिए ।

बालुवाटारमा भएको छलफलमा राष्ट्रिय जनमोर्चाबाहेक चार दलका शीर्ष नेताहरु र कार्यदलका सदस्यहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की थिए ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले १ फेब्रुअरीसम्म अनुमोदन नगराए अमेरिकाले एमसीसी परियोजना फिर्ता लैजाने भन्दै संसदबाट अनुमोदन गर्नुपर्ने बताएका छन् ।

उनले एमसीसी पास गर्नैपर्ने भएकाले सहयोग गर्न अरु दलका नेताहरुसँग आग्रह गरे । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु त्यसमा सहमत भएनन् ।

कार्यदलमा रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यही अवस्थामा संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताए ।

जवाफमा प्रधानमन्त्री देउवाले संसदमा प्रस्ताव पेश गर्ने अडान मात्रै लिएनन्, तपाईंहरुलाई मन लागे भोट हाल्नुस्, मन नलागे नहाल्नुस् भनेका छन् ।

एमसीसी पास गर्न अमेरिकाले दबाब दिईरहेकै बेला सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ् ताओबीच भिडियो कुराकानी भएको छ।

सङ​ले प्रचण्डलाई पार्टी अध्यक्षमा पुनः निर्वाचित भएकोमा बधाई दिएका थिए। उनले चीनले नेपालका राजनीतिक दलहरूसँग पारस्परिक राजनीतिक विश्वासका आधारमा परम्परागत सम्बन्धलाई अझै गहिरो बनाउन चाहेको बताए।

‘नेपालसँग बेल्ट एन्ड रोड अवधारणा (बीआरआई) को फ्रेमवर्क भित्र रहेका प्रमुख परियोजनालाई व्यवहारिक कार्यान्वयनमा लैजान चीन चाहन्छ। ट्रान्स हिमालयन मल्टि डाइमेन्सनल कनेक्टिभिटीका माध्यमबाट दुवै देश र जनतालाई लाभ हुनेगरी सहकार्य अघि बढाउने हाम्रो चाहना हो’, उनले त्यस अवसरमा भने।

सङले चिनियाँ कम्युनिष्ट पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र नेपालका प्रमुख राजनीतिक दलहरूसँग लामो समयदेखि छलफलमा रहेको बताउँदै त्यसले चीनसँग स्वस्थ र स्थिर सम्बन्ध विकासका लागि महत्वपूर्ण भूमिका खेलेको बताए।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !