एमालेमा पहिरो माओवादीमा खुसियाली: एमालेका नेता रमेश गौतम माओवादीमा प्रवेश

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । पछिल्लो समय नेकपा माओबादि केन्द्रबाट अन्य दलमा लाग्ने लर्काे नै लागेको थियो । आज भने माओबादि कार्यकर्ताले राहतको महसुु गरेका हुन ।

नेकपा एमाले चौरिदेउराली गाउँपालिका ३ का नेता तथा युवा व्यवसायी रमेश गौतमले पार्टी परित्याग गरेका छन् । उनले एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीमा प्रवेश गरेका उनलाई स्वागत तथा बधाई दिएका छन् ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उनलाई स्वागत तथा बधाई दिएका छन्।

फेसबुकमा लेखिएको –छ हार्दिक स्वागत
‘नेकपा एमाले चितवन-काठमाडौं सम्पर्क मञ्च, क्षेत्र नम्बर ३ का इन्चार्ज, प्रेस चौतारी वाग्मती सम्पर्क मञ्चका प्रतिनिधि तथा क्यान महासङ्घका केन्द्रीय सचीव क। चिरञ्जीवी अधिकारी र नेकपा एमाले चौरिदेउराली काभ्रेका नेता तथा युवा व्यावसायी क।रमेश गौतम एमाले परित्याग गरि नेकपा माओवादी केन्द्र मा प्रवेश गर्नु भएको छ। उहाँहरुलाई हार्दिक बधाई एवं शुभकामना’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !