मन्त्री विरोध खतिवडालाई लाग्यो गम्भीर आरोप,अख्तियार अनुसन्धान आयोगमा पर्यो उजुरी

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं: नेकपा एमालेको भातृसंस्था राष्ट्रिय युवा संघ नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने भएको छ।

मन्त्री खतिवडाले २४ लाख डोज भ्याक्सिन गायब गरेको भन्दै संघले उजुरी दिन लागेको विज्ञप्तिमार्फत् जनाएको छ। संघले भोलि आयोगमा गएर उजुरी दिने बताएको छ।

कोरोना महामहारीको जोखिम बढिरहेका बेला सर्वसाधारणको पहुँचमा पुर्‍याउनुपर्ने खोप गायब गरेको भन्दै छानबिन मागसहित उजुरी गर्न लागेको संघका संयोजक किरण पौडेलले जानकारी दिएका छन्।

ऋषि कट्टेल पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित – काठमाडौंः नेपाल कम्युनिस्ट पार्टीले अध्यक्ष ऋषिराम कट्टेललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरेको छ। पार्टीको विधानविपरीत दलको अहित हुने काम गरेको भन्दै अध्यक्ष कट्टेललाई निष्कासित गरिएको नेकपाले जनाएको छ।

उनी निष्कासित भएपछि कार्यबाहक अध्यक्षको जिम्मेवारी लोकनारायण सुवेदीलाई दिइएको छ। कट्टेलमाथि पार्टीको विधानविपरीत दलको अहित हुने काम गरेको आरोप लागेपछि माघ ५ मा छानबिन समिति गठन गरिएको थियो।

तर, छानबिन समितिले ७ माघमा सोधेको स्पष्टिकरणको जवाफ नदिएकाले कट्टेललाई पार्टीबाट निष्कासित गरिएको नेकपाले जनाएको छ। कारबाहीमा परेका अध्यक्ष कट्टेलले आफूलाई पार्टीको एक गुटले कारबाहीको विज्ञप्ति जारी गरेको बताए।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !