विप्लव कार्यकर्ताले सहायक वन अधिकृतलाई दले मोसो

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

कैलाली । कैलालीमा विप्लव कार्यकर्ताले सहायक वन अधिकृतलाई कालोमोसो दलेका छन् ।

सोमबार दिउसो नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कैलालीको पचमुडिया सव–डिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो दलेका हुन् ।

आफुलाई विप्लवको कार्यकर्ता भनेर परिचय गराएका केही व्यक्तिले तपाईंसँग कुरा गर्छु भन्दै आएको बताउदै पण्डितले चन्दा आतंकको किन विरोध गरेको भन्दै एक्कासी दुव्र्यवहार गरेको बताउनु भयो ।

केही समय अगाडी सो सव–डिभिजन अन्तर्गत पर्ने कैलालीका सामुदायिक वनमा विप्लवका कार्यकर्ताले चन्दा असुली गरेका हुन् ।

सामुदायिक वनमा आफूले तोकेको रकम चन्दा स्वरुप नदिएमा भौतिक कारबाही गर्ने धम्की दिन थालेपछि सामुदायिक वनले समूहमा निर्णय गरेर नेपाल कम्युनिष्ट पार्टीलाई चन्दा दिएका थिए ।

चन्दाका विषयमा सञ्चारमाध्यमलाई जानकारी दिएको भन्दै पण्डितलाई कालोमोसो दलिएको बताइएको छ । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव दीपेन्द्र चलाउनेले भने सोमबार अपुष्ट खबर आएकाले बुझेर मात्र जानकारी दिने बताउनु भएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !