एमसीसीलाई लिएर बाबुराम र भीम रावलको जुहारी

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर दुई ‘डाक्टर’ नेताबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ ।

पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र एमाले नेता डा. भीम रावलबीच आरोप प्रत्यारोप चलेको हो ।

डा. भट्टराईले आफूमाथि गलत आरोप लगाएको भन्दै डा. रावलको पीएचडी कतै नक्कली त हैन भनी आशंका गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता लेख्दै डा भट्टराईले आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर डा रावलले गलत आरोप लगाएको बताए ।

उनले भनेका छन्, ‘यी कण भीम रावलले पीएचडी गरेको भनेर नाउँको अगाडि डा. पनि झुन्ड्याउँछन्, विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत, मिति र स्थान खुलाउनुपर्छ ।

उनले दाबी गरेजस्तो बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको ? हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पीएचडी हुन् ?’

त्यसअघि डा रावलले सांसदहरूलाई स्मृति पत्र भन्दै एक सन्देश जारी गरेका थिए, जसमा डा भट्टराईले गोप्य रुपमा एमसीसी सम्झौता गराएको आरोप समेत थियो ।

उनले भनेका थिए, ‘हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउनमै व्यस्त थियौं, बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गर्नुभएको हो । त्यो प्रतिनिधि सभामा पेस भएपछि मात्रै एमसीसीबारे मैले थाहा पाएको हुँ ।’

बाबुराले गाेप्य रूपमा सम्झाैता गरेकाे भन्ने डा रावलकाे आरोप तथ्यसहित पुष्टि गर्न उनले चुनाैती दिएका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !