सुदन किराँती : शीर क’टा’उन तयार छौं, राष्ट्रघात हुन दिँदैनौं

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले आठौं महाधिवेशनको निर्देशनविपरीत राष्ट्रघात हुन नदिने जिकिर गरेका छन् । उनले देशको अगाडि सरकार केही नभएको भन्दै आवश्यक परे शीर कटाउन तयार रहेको टिप्पणी गरे ।

‘सरकार त के बरु हामी देशको लागि शीर कटाउन तयार छौं,’ मंगलबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘तर हामीबाट राष्ट्रघात हुनेछैन । आठौं महाधिवेशनको निर्देशन र हाम्रो छातीभित्रको देशभक्ति भावनाले यही भन्छ ।’

पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कम्प्याक्ट (एमसिसी) संसदबाट पारित गर्न गठबन्धन दलहरूसँग ताकेता गर्न थालेका छन् । यसले सत्तारूढ माओवादी केन्द्रभित्र तीव्र हलचल उत्पन्न भएको छ ।

यो पनि – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पेश गरिएको कारबाही पत्र दर्ता भएको छ ।

अध्यक्ष ओली कोरोना संक्रमित हुँदाहुँदै बालकोटस्थित रक्तदान कार्यक्रममा संक्रामक रोग ऐन २०२० विपरित सहभागी भएको भन्दै अभिजित अधिकारी र वीरेन्द्र मडैले पेश गरेको कारबाही पत्र दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्।

सोमबार संक्रमण फैलाउन नहुने कसूरमा अध्यक्ष ओलीविरूद्ध उजुरी दर्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्।

सहायक अधिकारी परियारले संक्रामक ऐन २०२० को संक्रमण ऐनअनुसार नै कारबाही पत्र दर्ता भएको बताइन् । उनका अुनसार कारबाही पत्र दर्ता भएसँगै यसबारेमा प्रमुख जिल्ला अधिकारीले सबै कामकारबाही हेर्ने पनि उनले बताइन्।

अध्यक्ष ओली कोरोना संक्रमित हुँदाहुँदै माघ १२ गते एमालेको भातृ संगठन युवा संघद्वारा आयोजित रक्तदान कार्यक्रममा हुलहुज्जतसहित सरिक भई आफूलाई सामान्य संक्रमण भएको निवेदनमा भनिएको छ ।

कोरोना संक्रमित ओलीले कोरोना संक्रमण फैलाउनुका साथसाथै भ्रमित अवस्था सिर्जना गरेको भन्दै संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम कारबाहीको माग गरिएको छ ।

निवेदन पत्रमा भनिएको छ, ‘कोरोना संक्रमित केपी शर्मा ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्रपत्रिका, एवम् सञ्चारमाध्यममा समेत समाचार संप्रेशण भएका छन् ।

उक्त समाचारहरु र तस्वीर यसै निवेदनका साथ पेश गर्दछौँ । ‘यसरी आफू कोरोना संक्रमण फैलउने कार्य गरी संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेकाले निज केपी शर्मा ओलीलाई कानुन बमोजिम आवस्यक कारवाही गरी पाउ ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !