CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं – नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी चुनावको लागि सधैं तयारी अवस्थामा रहेको स्पष्ट पारेका छन् ।
उनले हिम्मत र तागत भए पाँच दलीय गठबन्धनलाई एक्लाक्लै चुनावमा आउन पनि चूनौति दिएका छन् । उनले आफूहरु चुनावको पक्षमा रहेको सुनाउँदै निर्वाचनमा नभाग्न गठबन्धन र सरकारलाई चेतावनी दिएका छन् ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमालेलाई सिध्याउँछौं भन्नेहरुलाई मिलेर नै चुनाव लड्न पनि सल्लाह दिएका छन् ।
पोखरेलले पुष्पकमल दाहाल र माधव नेपाललाई कांग्रेसमा प्रवेश गर्न पनि आग्रह गरेका छन् । उनले भने,‘उहाँहरु कांग्रेसभित्र प्रवेश गरेर एउटै पार्टी बनाएर चुनाव लडेपनि हुन्छ, हामीलाई यो कुरा मञ्जुर छ । होईन, अलिकति लाज बचाउनुपर्छ भन्ने लाग्छ भने गठबन्धनमा जानुहोस ।’
यो पनि – नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले आठौं महाधिवेशनको निर्देशनविपरीत राष्ट्रघात हुन नदिने जिकिर गरेका छन् । उनले देशको अगाडि सरकार केही नभएको भन्दै आवश्यक परे शीर कटाउन तयार रहेको टिप्पणी गरे ।
‘सरकार त के बरु हामी देशको लागि शीर कटाउन तयार छौं,’ मंगलबार सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘तर हामीबाट राष्ट्रघात हुनेछैन । आठौं महाधिवेशनको निर्देशन र हाम्रो छातीभित्रको देशभक्ति भावनाले यही भन्छ ।’
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।