कर्णाली प्रदेशमा संसद् अवरोध हटाउन सरकार र एमालेबीच ७ बुँदे सहमति, के-के हुन ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

सुर्खेत । कर्णाली प्रदेशमा संसद् अवरोध खुला गर्न सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच ७ बुँदे सम्झौता भएको छ ।

एमालेले निरन्तर संसद् अवरुद्ध गरेपछि सरकारले एमालेसँग ७ बुँदे सहमति गरेपछि संसद् बैठक अघि बढाइने भएको छ ।

दुई पक्षबीच सहमतिसँगै अब एमालेले संसद् बैठकमा कुनै अवरोध नगर्ने भएको छ । एमालेले प्रदेशसभाको नवौँ बैठकमा विभिन्न माग राख्दै संसद् बैठक अवरुद्ध गर्दै आएको थियो ।

त्यतिबेला एमालेले अलपत्र योजनाहरूलाई सरकारले पूर्णता दिनुपर्ने, अघिल्लो सरकारले पूरा गर्न नसकेका कामहरु पूरा गर्न बजेट व्यवस्थापन गर्नुपर्ने र बजेट संशोधन गर्नुपर्ने माग राखेको थियो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !