आलेको अर्को नयाँ घोषणाले छायो पश्चिम नेपालमा खुसीयाली

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – रफ्तारमा काम गरिरहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको नयाँ घोषणाले पश्चिम नेपालमा खुसीयाली छाएको छ ।

आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो बुद्ध जयन्ती अगावै संचालनमा आउने बताएका हुन् । विमानस्थल आयोजनाको निरीक्षणपछि बोल्दै मन्त्री आलेले विमानस्थल सञ्चालनमा अब कुनै पनि बिलम्ब नहुने गरी योजना बनाइएको बताए ।

मौसम अनुकूल भए आउँदो फेब्रअरी २१ अर्थात फागुन ९ गतेसम्म परीक्षण उडानका लागि विमान अवतरण हुने गरी कार्यतालिका तयार पारिएको उनको भनाइ छ ।

परीक्षण उडानका लागि अहिले विमान सहित मौसम, सञ्चार र जडान गरिएका उपकरण एवं ग्राउन्ड चेकको काम भइरहेको छ । परीक्षण उडान सफल भएपछि आउँदो बुद्धजयन्ती अगावै अन्तर्राष्ट्रिय उडान गर्न मन्त्री आलेले निर्देशन दिएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको आईसीबी–२ का व्यवस्थापक प्रविन न्यौपानेले बताए ।

‘बुद्ध जयन्ती अगावै अन्तर्राष्ट्रिय उडान शुरु गर्नेगरी काम गर्न मन्त्रीज्यूले निर्देशन दिनुभयो’ न्यौपानेले भने । विमानस्थल अनुगमनमा मन्त्रालयका सचिव, नेपाल नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक, राष्ट्रिय गौरव आयोजनाका निर्देशक, राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक लगायतको टोली आएको थियो ।

फागुन १० सम्ममा क्यालिब्रेसन उडान: गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट ९परीक्षण उडान० को पूर्व तयारीका लागि थाइल्यान्डको प्राविधिक टोलीले बिहीबारदेखि नेपाली प्राविधिकलाई तालिम दिन शुरु गरेको छ ।

विमानस्थलको मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउने संयन्त्र निर्माण कार्य ९आईसीबी–२० को ठेक्का एरो थाईले लिएको थियो । सोही कम्पनीका ४ जनाको प्राविधिक टोलीले टोलीले विमानस्थलमा जडित विभिन्न उपकरण, विमानस्थलको ग्राउण्ड, रन–वे लगायतका भौतिक पूर्वाधारको जाँचसंगै विमानस्थल सञ्चालन गर्न नेपाली टोलीलाई तालिम पनि दिन शुरु गरेको हो ।

आईसीबी–२ का व्यवस्थापक न्यौपानेका अनुसार परीक्षण उडानका लागि एरो थाईसंगै अमेरिकी र अस्ट्रियन प्राविधिक टोली पनि आउनेछन् । ‘फागुन १० सम्ममा क्यालिब्रेसन उडान गर्ने गृहकार्य भइरहेको छ’, न्यौपानेले भने ।

परीक्षण उडान अन्तर्गत विमानस्थलमा जडान गरिएका सञ्चार उपकरणको जाँच, क्यालिब्रेसन उडान शुरु गर्ने, उडान भरेको विमानको दूरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङलगायत परीक्षण हुने छ ।

यसैगरी विदेशी प्राविधिक टोलीले विमान कम्पनी, भन्सार, प्रहरी, अध्यागमनलगायतलाई विमानस्थलमा अपरेसनको टार्गेट मितिबारे जानकारी गराउने, ग्राउन्ड ह्यान्डलिङ, कार्गो एजेन्सीलगायतलाई आवश्यक तयारीका लागि निर्देशन दिने र मानव संंशाधनको परिचालन लगायतका कामबारे जानकारी गराइने छ ।

सन् २०१५ जनवरी १५ ९२०७१ साल माघ १ गते० विमानस्थल निर्माणको शिलान्यास हुँदा २०१७ डिसेम्बरमा निर्माण सक्ने लक्ष्य थियो । पटक पटक म्याद थप्दै यसअघि सन् २०२० को शुरुमा नियमित उडान गर्ने भनिएको यो विमानस्थलमा कोरोना महामारीका कारण उपकरण जडानमा ढिलाइ भएकाले परीक्षण उडानमा ढिला भएको हो ।

परीक्षण उडानका लागि कम्तीमा ६ देखि ८ घण्टा मौसम सफा हुनुपर्छ । एशियाली विकास बैंक ९एडीबी० को ऋण सहयोगमा विमानस्थल निर्माण शुरु भएको हो ।

चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २८ रुपैयाँमा विमानस्थल निर्माणको ठेक्का पाएको थियो ।

बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटन प्रवद्र्धन गर्ने र काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थालिएको थियो । लक्ष्यअनुसार काम भएको भए सन् २०१८ को जनवरीबाट अन्तराष्ट्रिय उडान नै शुरु गर्ने योजना थियो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !