एमालेको स्थानीय तह निर्वाचन तयारीबारे छलफल

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय सचिवालय  बैठक आज १ बजे बस्ने भएको छ ।  भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने तय भएको बैठकमा

एमालेले स्थानीय तहकाे निर्वाचन र पार्टीका विभिन्न विभागका काम कारवाहीबारे छलफल हुने जनाइएकाे छ । आज बस्ने बैठकमा विभिन्न विषय समेटिने गरी छलफल गर्नेबारे सोमबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार आजको केन्द्रीय सचिवालय बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयले स्थान पाउने बताइएको छ ।

आजको बैठककाे निर्णय तथा छलफलका आधारमा एमालेको भावी कार्यदिशा तय हुने बताइएको छ । कोरोना महामारीका कारण सचिवालय बैठकमार्फत निर्णय गर्नु परेको एमालेले जनाएको छ । एमालेको केन्द्रीय सचिवालय अध्यक्ष ओलीसहित १९ सदस्यीय रहेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !