CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौँ – लाउडादेखि बतास हुँदै खानी काण्डमा देश प्रवेश गरेको छ । सबै काण्डमा सरकारका मन्त्री देखि उच्च पदस्थहरु मुछिएका छन् । तर कसैलाई कारबाही गरिएको छैन । आखिर देश कसरी काण्डैकाण्डले गिजोलिएको छ ?
एकबेला लाउडा काण्डले देशमा उधुम मच्चाएको थियो । प्रजातन्त्र पुनःस्थापना पछि सबैभन्दा चर्चित र विवादास्पद लाउडा विमान प्रकरणको मुद्धा २१ बर्षपछि पनि टुंगिएको छैन ।
२०५७ मा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तारिणीदत्त चटौत यस प्रकरणमा मुछिएका थिए ।गिरिजा त खब यो संसारमा रहेनन्, चटौत भने अझै जिबितै छन् ।
तर कारवाही भएन । ७६ पटकसम्म पेसी तोकिएको यो मुद्दा अहिले पनि सर्वाेच्च अदालतमा बिचाराधिन छ ।अहिले यस्तै जगजगी बतास प्रकरणले मच्चाएको छ ।
दोषी को हो र कारबाही कसलाई गर्ने भन्नेसम्मको तथ्य सार्वजनिक गर्न सरकारलाई हम्मेहम्मे परेको छ । व्यापारिक समूह बतास अर्गनाइजेशनले नारायणहिटी दरबार संग्राहालयभित्रै रेस्टुरेन्ट चलाउनसरकारसँग सम्झौता गरेको थियो ।
ऐतिहासिक संग्राहालयभित्रै व्यापारिक समूहलाई पोस्ने गरि तत्कालिन मन्त्रीकै संलग्नतामा निर्णय भएको जगजगी छ । व्यापारी त आफुलाई जहाँ फाइदा हुन्छ त्यही पुग्ने नै हो । बहालवाला पर्यटनमन्त्री प्रेमबहादुर आलेले बतासका सबै संरचना भत्काइदिएका छन् ।
पशुपति धर्मशालालाई होटल बनाएर चलाएको सम्झौता पनि रद्द गरिएको छ । तर यस प्रकरणमा को को मुछिए क–कसलाई कारबाही हुन्छ, प्रेम आले स्वयंलाई थाहा छैन ।
भन्न त आलेले तत्कालिन पर्यटनमन्त्री योगेश भट्टराईकै संलग्नतामा अनियमितता गरिएको दाबी गर्दै आएका छन् । छानबिन समितिको प्रतिवेदनसमेत आइसक्यो ।
तर आरोपितलाई कारबाही गर्ने प्रक्रिया अघि बढेको छैन ।संग्राहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालको राजीनामाबाहेक यो प्रकरणमा अरु प्रगति भएन । देशमा फेरि अर्काे खानी काण्ड भर्खरै सार्वजनिक भएको छ ।
सेटिङमा चुनढुंगा खानी उत्खनन् गर्ने र अर्बौ राजस्व छली गर्न उद्योगीलाई सहयोग गर्ने खानी विभागका महानिर्देशकसहित १९ जनाविरुद्ध मुद्दा दायर गरेको अख्तियारले तत्कालिन मन्त्री लेखराज भट्ट र सचिव यामकुमारी खतिवडालाई भने उन्मुक्ति दिएको छ ।
यसैपनि देश विगतदेखि नै काण्डैकाण्डले जेलिएको छ । तर सानातिनालाई कारबाही गरिए जस्तो गरिन्छ, नीतिगत तहमा रहेर काण्ड मच्चाउनेलाई छोपछाप पारिन्छ ।
धमिजा र चेज एयर काण्डमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुँदै उतिबेलाका पर्यटनमन्त्री तथा हालका एमाले नेता यमलाल कँडेल मुछिएका थिए ।उनीहरुले पनि उन्मुक्ति नै पाए ।
उस्तै खाले वाइडबडी काण्डमा तत्कालिन मन्त्री रविन्द्र अधिकारी हुँदै काँग्रेस नेता जीवनबहादुर शाही र जीतेन्द्रनारायण देवको नाम पनि मुछियो मात्रै, कारबाहीको ‘क’ समेत उच्चारण गरिएन ।
चाइना साउथवेष्ट काण्ड र एयरबस काण्डमा समेत कुनै नेतालाई कारबाही भएन । बरु सत्तापक्ष र प्रतिपक्षले एकले अर्काेलाई ढोकछोप गर्दै आएका छन् ।
देशले उस्तै चर्चित यति काण्ड ब्यहो¥यो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीकै आर्शिवादमा एमाले सरकारकामन्त्रीहरु नै मुछिए । ओम्नी प्रकरण मच्चियो,तत्कालिन रक्षामन्त्री ईश्वर पोखरेल हुँदै स्वास्थ्यमन्त्री भानुभक्त ढकाल मुछिए ।
७० करोडको सेक्युरिटी प्रेस काण्डमा गोकुल बास्कोटा मुछिए, अनुसन्धान रहस्यको गर्भमै छ ।बालुवाटार जग्गा प्रकरणमा दर्जनाबढी नेताहरु मुछिएका छन् ।
लहरो तान्दा पहिरो निस्कीने भएपछि सत्तापक्ष र प्रतिपक्ष तैचुप मै चुप छन् । पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई अदालतमा रहेको मुद्दाले झस्काइरहन्छ ।
विष्णु पौडेल र विजय कुमार गच्छदार जस्ता शक्तिशाली नेता शक्तिकै ओतमा छन् ।यीनीहरुकै कारण देश भने भ्रष्टाचारको उक्लिदो ग्राफमा छ ।
यस्ता काण्ड हाम्रो देशमा कति भए भए । सबै काण्डमा खरिदार फस्यो, सेटिङमा रहेको सचिव उम्कियो । नीतिगत निर्णय गर्ने र पाए बोरै लिएर पैसा कुम्ल्यिाउने मन्त्रीहरु कहिल्यै फसेनन् ।
कारण सत्तामा जो रहन्छ, उसले भोलीका लागि भन्दै विपक्षमा रहेकालाई समेत बचाउँछ ।देश उसरी नै चलिरहेको छ, जसरी पशुपति शर्माले लुट्न सके लुट कान्छा लुट्न सके भन्ने गीत गाइरहेका छन् ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।