भाईरल सचिन अभिनित गीत ‘चोली ढाकाले’ सार्बजनिक (भिडियो सहित)

गुल्मी । जिल्लाको मुसिकोट नगरपालिकाका सर्जक बैकुण्ठ रायमाझीको नयाँ गीत चोली ढाकाले बजारमा सार्वजनिक गरिएको छ ।

पछिल्लो समय टिकटक र युट्युबमा निकै भाइरल बनेका गुल्मेली बालक सचिन परियार अभिनित गीत ढाका चोली सेरोफेरो नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सचिन परियार अभिनय गरेको दोस्रो म्यूजिक भिडियोमा लोकप्रिय कलाकार द्वय कल्पना दाहाल र रमेश रायमाझीको स्वर रहेको छ । जसमा मुसिकोट ७ वामीका सर्जक बैकुण्ठ रायमाझीले शब्द तथा संगीत गर्नुभएको छ । गायक रमेश रायमाझी पनि वामीकै कलाकार हुनुहुन्छ ।

भिडियो

चर्चित लोक गायक रामचन्द्र चन्दले एरेन्ज गर्नुभएको यस भिडियोमा हुम गैरेले निर्देशन गर्नुभएको छ । म्युजिक भिडियोमा सचिन परियार, कल्पना दाहाल, कुशल कँडेल, करिष्मा अधिकारी लगायतले अभिनय गर्नुभएको हो छ ।

काठमाडौँको बुद्धनगरमा गरिएको छायांकन गरिएको भिडियोको छायांकन र सम्पादन टंक केसीले गर्नुभएको हो।

हाल चेक गणतन्त्रमा रहनुभएका सर्जक रायमाझीका धेरै गितहरु बजारमा आइसकेका छन् । जसमा ‘मायाको फुर्लुङ’, ‘लकडाउन नगरौँ’, ‘गुल्मेली सोरठी’ लगायत चर्चित गीतहरु हुन् ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !