एकाएक महन्थ ठाकुर किन पुगे बालुवाटार ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बेलुका देउवासँग ठाकुरले भेट गरेका हुन् । भेटमा लोसपाका मागका विषयमा कुराकानी भएको बुझिएको छ ।

ठाकुरले संयुक्त सरकार बन्ने बेला आफूहरूले मतदान गरेको प्रधानमन्त्री देउवालाई स्मरण गराएका छन् । उनले मधेश आन्दोलनका विभिन्न मागका विषयमा कुरा राखेका थिए ।

प्रधानमन्त्री देउवाले लोसपा मात्र नभई सबैका मागप्रति आफू सकारात्मक रहेको भन्दै सहमति कार्यान्वयन गर्ने आश्वासन दिएका छन् ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग निकट रहेका लोसपाका अध्यक्ष ठाकुर केन्द्रीय राजनीतिबाट छायाँमा परेका छन् । ओलीको पिछलग्गु बन्दा ठाकुरले पार्टी विभाजन गर्नु परेको थियो ।

एमालेका अध्यक्ष ओलीसँगको मायामोह ठाकुरले भुल्न सकेका छैनन् । पछिल्लो पटक राष्ट्रिय सभाको निर्वाचनमा पनि ठाकुरले एमालेसँग चुनावी गठबन्धन गरेका थिए ।

तत्कालीन जनता समाजवादी पार्टी नेपाल गुमाएका ठाकुरले लोसपा गठन गरेका छन् । लोसपाभित्र पनि ठाकुर अल्पमतमा छन् । लोसपाका नेता राजेन्द्र महतोले अध्यक्ष ठाकुरलाई तनाब दिएका छन् ।

मधेशमा किसान आन्दोलनका नाममा सीके राउतले उत्पात मच्चाएका छन् । ठाकुरको लोसपालाई मधेशमा तनाब भएका बेला प्रधानमन्त्री देउवासँग भेट गरेर मागका कुरा उठाएका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !