फिल्म ‘सत्यम’मा महानायक राजेश हमाल शिर्ष भूमिकामा देखिदै

चलचित्र ‘रोमियो’का निर्देशक शंकर कार्कीले निर्देशन गर्न लागेको चलचित्र ‘सत्यम्’मा महानायक राजेश हमालले काम गर्ने पक्का भएको छ। लकडाउनपछि धमाधम म्यूजिक भिडियोमा काम गरेका हमालले केही समयको अन्तरालपछि चलचित्रको पर्दामा फर्किने तयारी गरेका हुन्।

निर्देशक कार्कीले पनि मिडियासँग कुरा गर्दै नायक हमालले चलचित्रका लागि लिखित संझौता गरिसकेको जानकारी दिएका छन्।

यो चलचित्रको शिर्ष भूमिकामा नायक राजेश हमाल नै देखिदैछन् भने चलचित्रमा अनुप बिक्रम शाही खलनायकको भूमिकामा देखिने वुझिएको छ ।

यस्तै चलचित्रका लागि नायिका फाइनल गरिएको छैन । तर, निर्देशक कार्कीका अनुसार नायिका उपासना सिंह ठकुरीसँग कुरा लगभग पक्का भएको छ । हाल उपासना पोखरामा चलचित्र ‘डिसेम्बर फल्स’को छायांकनमा ब्यस्त छिन।

महानायक राजेश हमाल केहि बर्ष यता ठूलो पर्दाबाट टाढा रहेका थिए। तर, फिल्म सत्यम्’को कथा मन परेपछि यस फिल्ममा काम गर्ने मन भएको महानायकले बताएका छन् ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !