कर्णालीमा समाजवादीलाई दुईओटा मन्त्रालय, यी व्यक्ति बन्दै छन् अर्का मन्त्रि !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

आइतबार बिहानसम्म पनि तीन वटा मन्त्रालयको दाबी गर्दै आएको गठबन्धनको कान्छो दल एकीकृत समाजवादी अन्तिममा आएर आफ्नो निर्णयबाट ब्याक भएको छ । समाजवादीले अब दुईवटै मन्त्रालयमा चित्त बुझाउने भएको हो ।

एकीकृत समाजवादी संसदीय दलका नेता तथा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले वृहत् छलफलपछि पदम बहादुर रोकायालाई मन्त्री बनाउनका लागि नाम सिफारिस गरिएको बताए ।

उनले भने, ‘हामीले छलफल गरेर रोकायालाई मन्त्री बनाउनका लागि नाम दिइसकेका छौँ । कुन मन्त्रालय पाउने भन्नेबारेमा अहिले छलफल भइरहेको छ ।’

कर्णालीमा एकीकृत समाजवादीको तीन सिट छ । दलका नेता शाही गत कार्तिक ३० मा मन्त्री बनिसकेका थिए । कर्णालीमा आइतबार बेलुकीसम्म मन्त्रिमण्डललाई पूर्णता दिने गरी मुख्यमन्त्री जीवनबहादुर शाहीले तयारी गरिरहेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !