CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन दलहरु एमालेसँग चुनावमा जान डराएको बताएका छन् । ज्ञवालीले सरकारले स्थानीय तहको चुनाव छल्न अनेक बहाना गरिरहेको आरोप समेत लगाएका छन् ।
प्रेस चौतारी नेपाल रूपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले भने, ‘एमाले चुनाव फेस गर्न तयार छ ।
तर सरकार पानीसँग छालाका जुत्ता डराएजस्तो चुनावसँग डराएको छ ।’ उनले मुलुकको निकास ताजा जनादेशबाट प्राप्त हुने भएकोले समयमा स्थानीय तहको चुनाव गर्नुपर्ने माग राखे । साथै, अहिलेको सरकारले निकै अस्तव्यस्त सिर्जना गराएको आरोप पनि लगाए ।
ज्ञवालीले देशको वर्तमान अवस्था आन्तरिक र बाह्य हिसाबले चुनौतीपूर्ण देखिएको भन्दै संविधानले स्थानीय तह एक दिन पनि रिक्त नहुने व्यवस्था गरे पनि त्यसलाई छलेर अनेक बहाना रचिरहेको बताए ।
उनले एमालेले एमसीसीप्रति उपयुक्त समयमा आफ्नो धारणा दिने भन्दै माओवादीले एमसीसीमा दोहोरो भूमिका खेलेको आरोप लगाए । एमसीसीप्रति सभामुखको धारणा विवादास्पद रहेको बताउँदै सभामुखले संसदको ढोका बन्द गरेको जिकिर उनको थियोे ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।