बालुवाटार बैठकमा माधव नेपाललाई किन प्रवेश निषेध गरियो ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नेकपा (एमाले)ले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई मान्यता दिएको छैन । त्यतिमात्र होइन, एकीकृत समाजवादीको संसदमा उपस्थिति नै अवैद्य भन्दै आएको छ ।

एमालेले एकीकृत समाजवादीलाई बोलाएको कुनै पनि कार्यक्रममा आफ्नो औपचारिक उपस्थिति स्वीकार गरेको छैन । संसद यही कारणले निरन्तर अवरोधमा छ ।

शीर्ष बैठक, प्रमुख दलहरुको बैठकमा पनि एमाले गएको छैन । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले नै आइतबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिना शीर्ष बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउँदा आफूलाई सरकार निर्माणको किङमेकर मान्ने माधव नेपाललाई बालुवाटारको गेट बन्द गरियो ।

माधव नेपाललाई फ्लोर क्रसदेखि पार्टी विभाजनसम्म लैजाँदा देउवा र दाहालले दिएको स्टाटसमा क्रमशः कमीमात्र होइन, शून्य बराबर छ ।

देउवाले सरकारी नियुक्ति, राष्ट्रिय राजनीतिका मुल मुद्दामा छलफल हुँदा नेपाललाई बोलाउन छाडेको समाजवादी पार्टीकै शीर्ष नेता बताउँछन् ।

देउवाले निर्वाचनबारे छलफल र एमसीसीका मुद्दामा रणनीति बनाउन दुई शीर्ष नेतालाई बोलाउँदा माधव नेपाललाई छुटाउनु सामान्य भएको बालुवाटार स्रोतको भनाइ छ । ‘उपेन्द्र यादवलाई पनि बोलाइएको छैन, जब कि उपेन्द्र यादवको पार्टी माधव नेपालको भन्दा ठूलो छ,’ बालुवाटार निकट नेता भन्छन् ।

एमाले स्थायी कमिटीका एक सदस्य भने देउवाले प्रचण्ड र माधव नेपालसँग भन्दा राष्ट्रिय राजनीतिका मुद्दामा एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने गर्नुभएको छ । उहाँ केही महिनाअघि अध्यक्ष ओली निवास बालकोट नै जानुभएको थियो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !