कसरि प्रचण्डले बनाए बाँदरझुलाबासीलाई खुसीले गदगद ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

चितवन – माडी नगरपालिका वडा नम्बर ९ स्थित बाँदरझुलाबासीले  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलेको कुरा पुरा गरेको बाँदरझुलाबासीले बताएका छन् ।

बाँदरझुलामा सुकुम्बासीका लागि लालपुर्जा वितरणको प्रारम्भिक कार्य सुरु भएसँगै बाँदरझुलाबासी उत्साहित बनेका छन् । बाँदरझुलाका विभिन्न कार्यक्रममा पुग्ने क्रममा अध्यक्ष प्रचण्डले सुकुम्बासीलाई जग्गा दिने प्रतिवद्धता व्यक्त गर्र्दै आउनु भएको थियो ।

प्रतिवद्धताअनुसार आयोगले खटाएका कर्मचारीहरु फिल्डमा नापी गर्नका लागि खटिएसँगै यहाँका स्थानीयहरु खुसीले गदगद भएका छन् ।

चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका पूर्वप्रधानमन्त्री एवम् पाटी अध्यक्ष प्रचण्डले माडीका सुकुम्बासीलाई लालपुर्जाको वितरणको कार्यक्रम बाँदरझुलाबाट सुरु गर्न आयोगलाई निर्देशन दिनुभएको थियो ।

विस २०४८ सालदेखि नेपाल भारत सीमा र चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको यो बस्तीका स्थानीयहरु लालपुर्जा विहिन छन् ।

यो पनि -एमसीसी मुख्यालयलाई लेखेको पत्रबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले स्पष्टीकरण दिएको छ । पत्रबारे व्यापक टिकाटिप्पणी भएपछि सचिवालयले स्पष्टीकरण दिएको हो । यस्तो छ स्पष्टीकरण

अध्यक्ष कमरेड प्रचण्डको सचिवालय MCC लाई लेखेको पत्रबारे प्रस्टीकरण: २९ सेप्टेम्बर २०२१ मा MCC मुख्यालयलाई प्रधानमन्त्री र हाम्रो पार्टीका अध्यक्षको तर्फबाट लेखिएको पत्र र त्यसबारे राजनैतिक वृत्त तथा जनस्तरमा गरिएका टिप्पणी, क्रिया र प्रतिक्रियाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

प्रतिगमनलाई परास्त गरि भर्खरै गठबन्धन सरकार निर्माण भएको समयमा प्रधानमन्त्रीमाथि  MCC पारित गर्नैपर्ने दवाव भएकोले राष्ट्रिय हित तथा गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र लेखिएको थियो। र, पत्रमा MCC का लागि राष्ट्रिय सहमति आवस्यक हुने र राष्ट्रिय सहमति निर्माणका लागि सरकारलाई केहि समय आबस्यक पर्ने कुरा उल्लेख गरिएको हो।

देशमा एकातिर MCC बारे राजनैतिक वृत्त, बुद्धिजीवी, प्रेस देखी जनस्तरसम्म बिरोध र दवावको अवस्था विधमान रहनु र अर्कोतिर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले MCC बारे गठन गरेको कार्यदलले पनि यसलाई “परिमार्जन बिना पारित गर्न नसकिने” निचोड प्रस्तुत गरेकोले समेत गठबन्धनभित्रै यसबारे एउटै मत बनिहाल्ने अवस्था थिएन।

यही वस्तुगत अवस्थालाई मध्यनजर गर्दै राष्ट्रहितलाई केन्द्रमा राखेर नेतृत्वले गरेको कुटनैतिक पहललाई गलत रूपमा ब्याख्या गर्नु र अनावश्यक रुपमा उछाल्नुको कुनै अर्थ छैन।

हामीले देश र जनताको हितलाई  सर्वोपरि ठानी आफ्नो पार्टीका धारणा स्पष्ट गर्दै आएका छौं। यो परियोजना परिमार्जन बिना पारित गर्नु हुदैन भन्नेमा हाम्रो पार्टी दृढ छ। यसबारे गरिएका नियोजित प्रचारवाजिको भ्रममा नपर्न सम्पुर्ण पार्टीपङ्ती र न्यायप्रेमी जनसमुदायमा हामी हार्दिक अपील गर्दछौं।

– अध्यक्ष कमरेड प्रचण्डको सचिवालय

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !