एमसीसी पास गर्न ४ महिना पहिले नै प्रचण्ड-देउवाबीच सहमति भएको खुलासा !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अमेरिकी सहयोग सम्झौता (एमसीसी) संसदबाट पारित गराउन चार महिना पहिले नै सहमति भएको खुलासा भएको छ ।

सहमतिअनुसार नै प्रधानमन्त्री देउवा र प्रचण्डले मिलेनियम च्यालेञ्ज कर्पोरेशनलाई संयुक्त हस्ताक्षरसहितको प्रतिबद्धता पत्र पठाउनु भएको थियो ।

अमेरिकाले एमसीसी परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गरिसक्न नेपाल सरकारलाई समयसीमा दिएको छ ।

एमसीसीले पठाएको पत्र सरकारले गोप्य राख्ने प्रयास गरेको थियो । सत्ता गठबन्धनका दलहरू बीच पनि पत्र सार्वजनिक गरिएको छैन । पत्र सार्वजनिक भएसँगै फागुन १६ गतेभित्रै एमसीसी पारित गराउन सरकारमाथि दबाब बढेको छ ।

एमसीसी कार्यान्वयनको विषयमा सत्ता गठबन्धनभित्र तीव्र मतभेद भइरहेका बेला अमेरिकाले एमसीसी संसदबाट अनुमोदन गरिसक्न पत्राचार गरेको हो ।

गएको कात्तिकमा जलवायु सम्बन्धी ग्लास्गो सम्मेलनबाट फर्कने क्रममा प्रधानमन्त्री देउवाले एमसीसीबारे आफू र प्रचण्डले संयुक्त पत्र पठाएको बताउनु भएको थियो ।

तर त्यसको व्यहोरा उनले सार्वजनिक गराएका थिएनन् । अहिले एमसीए नेपालमार्फत सार्वजनिक पत्रमा एमसीसी पारित गर्न ५ महिनाको समय मागिएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !