एमसीसी बिषयमा देउवा र ओलीलाई प्रचण्डको यस्तो प्रस्ताव

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) चुनाव पछाडि मात्र अगाडि बढाउन प्रतिपक्ष समेत भएर प्रस्ताव गर्न आग्रह गरेका छन् ।

आइतबार सत्तारुढ साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अगाडि बढाउन सहयोग मागेका थिए । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई चुनावसम्म स्थगित गर्ने प्रस्ताव गरे ।

‘एमसीसीका सन्दर्भमा उहाँले प्रतिपक्षले सदन सुचारु गर्न सहयोग गरोस् वा संयुक्त रुपमा प्रतिपक्ष समेत भएर चुनाव पछाडि मात्र अगाडि बढाउन उचित हुन्छ भनेर प्रस्ताव पठाउँ भनेर आग्रह गर्नु भएको छ,’ एमाले महासचिव शंकर पोखरेलले भने ।

यो पनि – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अमेरिकी सहयोग सम्झौता (एमसीसी) संसदबाट पारित गराउन चार महिना पहिले नै सहमति भएको खुलासा भएको छ ।

सहमतिअनुसार नै प्रधानमन्त्री देउवा र प्रचण्डले मिलेनियम च्यालेञ्ज कर्पोरेशनलाई संयुक्त हस्ताक्षरसहितको प्रतिबद्धता पत्र पठाउनु भएको थियो ।

अमेरिकाले एमसीसी परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गरिसक्न नेपाल सरकारलाई समयसीमा दिएको छ ।

एमसीसीले पठाएको पत्र सरकारले गोप्य राख्ने प्रयास गरेको थियो । सत्ता गठबन्धनका दलहरू बीच पनि पत्र सार्वजनिक गरिएको छैन । पत्र सार्वजनिक भएसँगै फागुन १६ गतेभित्रै एमसीसी पारित गराउन सरकारमाथि दबाब बढेको छ ।

एमसीसी कार्यान्वयनको विषयमा सत्ता गठबन्धनभित्र तीव्र मतभेद भइरहेका बेला अमेरिकाले एमसीसी संसदबाट अनुमोदन गरिसक्न पत्राचार गरेको हो ।

गएको कात्तिकमा जलवायु सम्बन्धी ग्लास्गो सम्मेलनबाट फर्कने क्रममा प्रधानमन्त्री देउवाले एमसीसीबारे आफू र प्रचण्डले संयुक्त पत्र पठाएको बताउनु भएको थियो ।

तर त्यसको व्यहोरा उनले सार्वजनिक गराएका थिएनन् । अहिले एमसीए नेपालमार्फत सार्वजनिक पत्रमा एमसीसी पारित गर्न ५ महिनाको समय मागिएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !